राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछानेलाई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछानेलाई

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृह मन्त्री रबी लामिछानेलाई गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न बुधबारको समिति बैठकमा बोलाएको छ।

समितिको बुधबार बिहान ११ बजे समितिको सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको समितिले जनाएको छ।

मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको समिति सभापति रामहरि खतिवडाले जनाए।

समितिको क्षेत्राधिकार भित्र पर्ने सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए।

समितिमा केही दिनअघि गृहमन्त्री लामिछाने समेतले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै पोखराको सूर्यदर्शन सहकारी पीडितले न्यायको लागि भन्दै ज्ञापन पत्र दिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १३, १८: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १३, १८: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १३, १८: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...