
धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पार्टीलाई नयाँ गतीका साथ अगाडी लैजाने उद्घोष गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री सांसद जिवन परियारले नेपाली कांग्रेसले अव पार्टी भित्र पूर्ण एकता कार्यम गरी नयाँ गतीका साथ अगाडी लैजाने वताए ।
उनले,‘आव कांग्रेस नयाँ गति र सम्पूर्ण शक्ति लगाएर समुदायमा जाने वताए। ’ यसैगरी केन्द्रिय सदस्य तथा सांसद शुसिला थिङ्गले अव हरेक निर्वाचनमा प्रत्यक्ष तर्फनै ३३ प्रतिसत महिला उम्मेदवार हरेक पार्टीले अनिवार्य उठाउने व्यवस्था गर्ने वताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस अछापका जिल्ला सभापति पुष्पवहादुर शाह,संविधान सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,महासमिति सदस्य गंगराम ढुुंगाना,पूर्व जिल्ला सचिव रविन्द्र नेपाली ,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी ,नेपली कांग्रेसका जिल्ला सदस्यहरु अम्विका धमला,अम्विका परियारले नेपाली कांग्रेसलाई पूर्ण रुपमा रुपान्तरण गरी नयाँ उर्जाका साथ पार्टी विस्तार गर्न अति आवाश्यक भएको वताए ।
नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण विक,धनकुटा नगर अध्यक्ष दुर्गा शिवा,नेपाल किसान महासंघका अध्यक्ष दिल कुमार राई,नेपाल महिला संघ धनकुटाका जिल्ला सहसचिव जानुका सुन्दास,नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला सचिव युवराज घिमिरे,धनकुटा वहुमुखी क्याम्पस ईकाई कार्यवहाक अध्यक्ष रञ्जन कार्की लगायतले कांग्रेस भित्रको गुटउपगुटको अन्त्य गरी स्वच्छ र सशक्त कांग्रेसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भएकोले कांग्रेसलाई पुस्तान्तरण र रुपान्तरण गर्न सुझाव दिएका थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...