कतार उडेको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कतार उडेको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियो

काठमाडौं । कतार उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज करिब दुई घण्टापछि काठमाडौं नै फर्किएको छ ।

बिहीबार राति १२ बजे काठमाडौंबाट कतारको लागि उडेको जहाजमा समस्या आएको थियो । बिहान  काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज उड्नसाथ ‘हाइड्रोलिक सिस्टम’मा समस्या आएको थियो । त्यसपछि ‘क्याबिन क्रु’ले जहाज काठमाडौंमा नै फर्काएर अवतरण गरेका हुन् ।

यद्यपि, उनीहरूले कुनै ‘सेफ्टी असिस्टेन्ट’ भने मागेका थिएनन् ।

जहाज मर्मत भइसकेको र उडानका लागि तयारी अवस्थामा रहेको निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १६, १३: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १६, १३: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १६, १३: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...