अनुदानको नुन र चामलले कर्णालीका जनता अल्छी भएः सांसद विष्ट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अनुदानको नुन र चामलले कर्णालीका जनता अल्छी भएः सांसद विष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नुन र चामल अनुदानमा दिँदा कर्णालीका बासिन्दा अल्छी भएको बताएका छन् ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका सांसद विष्टले नुन र चामलको अनुदान बन्द गरेर फापर, कोदो, मार्सी धान, स्याउ लगायतका रैथाने बालीलाई बजार पुर्‍याउन किसानलाई अनुदान दिनुपर्ने बताए ।

‘कर्णालीका जनतालाई राज्यले पञ्चायत कालदेखि खाद्य दिने, नुन दिने गरेको छ । नुन दिएर कर्णालीलाई बेवकुफ बनाउने काम भइरहेको छ’, शुक्रबार राष्ट्रिय सभाको प्रादेशिक समयमा बोल्दै सांसद विष्टले भने, ‘यहाँ राज्यले नै अनुदान दिएर कर्णालीका जनतालाई अल्छी बनाएको छ । अब यसलाई अन्त्य गर्नुपर्छ ।’

सांसद विष्टका अनुसार हाल कर्णाली प्रदेशमा एक घर परिवारले एक वर्षमा १०५ किलो चामल अनुदान पाउने गरेका छन् ।

‘१०५ केजी चामलले एउटा परिवार पालिन्छ, पालिँदैन । त्यसकारण त्यो अनुदान स्थानीय उत्पादनको ढुवानीका लागि दिऔँ’, सांसद विष्टले भने । स्थानीय उत्पादनको ढुवानीका लागि राज्यले अनुदान दिए हाल कर्णालीका जनताले पाउँदै आएको १०५ किलो चामल भन्दा निकै धेरै लाभ प्राप्त गर्न सक्ने उनको धारणा छ ।

कर्णालीमा उत्पादित फापर, कोदो, स्याउ, जौ लगायतका बालीको काठमाडौं लगायतका बजारमा माग बढ्दो रहेको सांसद विष्टले बताए ।

मार्सी धानको माग नेपालदेखि जर्मनी, अष्ट्रेलिया लगायतका देशमा पनि रहेको उल्लेख गर्दै उनले कर्णालीका जनतालाई नुन र चामलमा दिँदै आएको अनुदान बन्द गर्न आग्रह गरे ।

राज्यले यसरी नसोच्दा कर्णालीका जनता अल्छी भएको सांसद विष्टको टिप्पणी छ । हाल राज्यले नुन र चामलमा दिँदै आएको बजेट सिँचाइ सुविधा र विकास निर्माणका लागि दिन सकिने उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १६, १५: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १६, १५: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १६, १५: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...