निष्कासित हुने विदेशीमध्ये अधिकांश चिनियाँ नागरिक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

निष्कासित हुने विदेशीमध्ये अधिकांश चिनियाँ नागरिक

काठमाडौं । नेपालले केही वर्षयता देशबाट निष्कासित गरेका विदेशीहरूमध्ये अधिकांश चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ।

सन् २०२२ मा १९१ जना र सन् २०२३ मा २०९ जना चिनियाँलाई अध्यागमन सम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै निष्कासन गरिएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन्।

विगत सात वर्षमा ३,५०० जनाभन्दा बढी विदेशी नेपालबाट निष्कासित भएका छन्।निष्कासित हुनेमध्ये अधिकांश ‘ओभर-स्टे’ गरेका पर्यटक हुन्।

नेपालको विद्यमान कानुनले पर्यटक भिसामा प्रवेश गर्दा १५० दिन बस्ने अनुमति दिन्छ। तर उक्त समयसीमा कटाउने विदेशी नागरिकलाई अध्यागमन विभागले नेपालबाट बाहिर पठाउँछ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १८, १०: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १८, १०: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १८, १०: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...