न्यायाधीशहरूको आचरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्नेः सांसद सिंह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

न्यायाधीशहरूको आचरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्नेः सांसद सिंह

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरूको आचरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले न्यायपालिकाले पहुँचका आधारमा निर्णय गर्ने गरेको जिकिर गरे । उनले न्यायपालिकाको निर्णय कानुन र संविधानसम्मत हुनुपर्ने बताए ।

व्यक्तिको प्रभावका आधारमा मुद्दा फैसला हुने गरेको भन्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको मोबाइल रेकर्ड हेरिनुपर्नेमा जोड दिए ।

कैयौं मुद्दाहरूमा वर्षौंदेखि पेसी नदिने तर कुनैलाई जबरजस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताए ।

न्याय परिषद्‌मा धेरै उजुरी पर्ने भए पनि छानबिन नहुने गरेको भन्दै उनले यसतर्फ कानुनमन्त्रीको ध्यानाकर्षण गराए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १८, १३: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १८, १३: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १८, १३: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...