बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्नुपर्छः सांसद थिङ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्नुपर्छः सांसद थिङ

काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

“बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् ।

नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् ।

उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले मोरङ, सुनसरी र धनकुटाको बालसुधार र कारागार अवलोकनका क्रममा देखेको दृश्य पनि सुनाइन् । मोरङको बाल सुधारगृहमा ५० जनाको क्षमता भए पनि २२२ बालक रहेका उनले बताइन् ।

बाल सुधारगृहमा रहेका बालबालिका तीनतले बेड बनाएर बसेका बताउँदै उनले भौतिक संरचना बनाउनुपर्नेमा जोड दिइन् । “सरकारले तत्काल बाल सुधारगृहको भौतिक संरचना नगर्ने हो भने सुधारगृह हुनेवाल छैन,” सांसद थिङले भनिन् ।

उनले २५ वर्षीय व्यक्तिलाई बिनाहतियार १९ वर्षको प्रहरी जवानले कसरी सुरक्षा गर्ने भन्दै प्रश्न पनि गरिन् । “हामीले यस्तो दुर्लभ दृष्य देख्यौँ। १९ वर्षको प्रहरी जवानले २५ वर्षको बाल सुधारगृहको लक्का जवानलाई बिनाहतियार सुरक्षा गरिरहेको दृश्य देख्यौँ । गृह मन्त्रालयले यसलाई कसरी हेरिरहेको छ ?,” उनले प्रश्न गरिन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १८, १५: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १८, १५: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १८, १५: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...