
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसका लागि श्रम स्वीकृति किन खोलेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मानव तस्करलाई अनुकूल हुने गरी सरकारले रुसका लागि श्रम स्वीकृति किन खोलेको हो भन्ने प्रश्न गरेका हुन् ।
‘रुस जान श्रम स्वीकृति किन दिइयो ? मानव तस्करलाई अनुकूल हुने गरी यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौं,’ उनले भने । सदनमा आएर नेपालीहरूको समस्या समाधान गर्न सरकार लागि पर्नुपर्ने बेला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा रहेको उनले बताए ।
नेपालका अर्थमन्त्रीसँग कुरा गर्दा रुसी राजदूतले दिएको जवाफ कूटनीतिक मर्यादामा पर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘अर्थमन्त्रीसँग राजदूतले जवाफ दिनुभयो तपाईंका नागरिक आधिकारिक रूपमा हाम्रो सेनामा गएको होइन, ती नागरिक फर्किन पनि चाहँदैनन् । यो कूटनीतिक मर्यादा हो कि होइन ?,’ पौडेलले प्रश्न गरे ।
युक्रेनी सेनामा नेपालीहरू बन्धक रहेको कुरा युक्रेनले सार्वजनिक गरेको र उनीहरूको उद्धारका लागि सरकारले के गरेको छ ? भन्ने प्रश्न पनि पौडेलले गरे ।
सरकारले उद्धार गर्न नसके अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई अनुरोध गर्न सकिने उनले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...