
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले मुलुकमा विद्यमान समस्याको निकासका लागि पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेका छन्।
नेपाल शिक्षक संघका प्रतिनिधिसँग सोमबार आयोजना गरिएको अन्तरक्रियामा नेता महरले पार्टीको साझा धारणा निर्माण गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन्।
वर्तमान राजनीतिक परिस्थितिबाट मुलुकलाई निकास दिने भन्ने विषयमा छलफल आवश्यक रहेको भन्दै नेता महरले सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने अवस्था आएको भन्दै पार्टीले त्यसको भारी बोक्न नसक्ने बताए।
‘मुलुक संवेदनशील अवस्थामा छ। यो बेला मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र त्यसकै आधारमा हामी जनतामाझ जानुपर्छ,’ महरले भने।
वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार विपरीत रहेको महरले दाबी गरे । ‘सरकारले सुशासनको कुरा गरे पनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिन मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने।
सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ।
‘जनतामा भ्रम छरेर रविजी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ। उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नु भएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?,’ महरले भने।
संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए।
‘१४औं महाधिवेशनपछि पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किनु भएको छ। सत्ताबाट बहिर्गमन हुनु प्रधानमन्त्री प्रचण्डले बेइमानी गरेको भनेर मात्रै पुग्दैन। भि–फाइभ पदाधिकारीहरूले आफू पनि चुकेको हो कि भनेर आत्मसमिक्षा नगर्ने?,’ महर प्रश्न गरे।
पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ। ’उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन। पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने।
कांग्रेसले अहिले सत्ताका लागि ¥याल काट्न नहुनेसमेत महरले बताएका छन्। उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। यत्तिमात्र गर्ने हो कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...