
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष एवम् संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिा श्रेष्ठबीचको गुटबन्दी कुटाकुटदेखि पार्टीबाट निष्कासनसम्म पुगेको छ।
नाउपाको सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय समिति बैठकमा संस्थापक रेशमको अभिव्यक्तिप्रति असहमति जनाउने अध्यक्ष रञ्जिता पक्षधर दुई केन्द्रीय सदस्यमाथि कुटपिट गर्ने दुई जना प्रदेश अध्यक्षलाई पार्टीबाट निकालिएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मगलबार बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङलाई पार्टीबाट निस्कासित गरेसँगै पार्टीभित्रको विबाद उत्कर्षमा पुगेको हो।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले विज्ञप्ति जारी गर्दै दुवैलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएकी हुन्।
दुवै नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिन्छन् । हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच चरम मतभेद छ।
सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरू तामाङ र गुरुङले अध्यक्ष रञ्जिता पक्षधर केन्द्रीय सदस्यहरु रमेश विक र रामलाल डगौरामाथि हातपात र कुटपिट गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...