
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले फिल्मी तरिकाले हल्दी, मेहन्दीलगात बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता जाहेर गरे ।
मधेसमा जन्ती हेलिकोप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गरे ।
‘मधेसमा जन्ती बेहुलीकहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दै छ । त्यसले तीनवटा कुरामा जोखिम बढाएको छ । यसको आर्थिक भार बेहुलीको माइतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, होलिकोप्टर ल्यान्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस् ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...