
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा.डा कविप्रसाद पोख्रेल, प्रा.डा केशरसिंह राना, प्रा.डा देवबहादुर खड्का, प्रा.डा ध्रुवकुमार गौतमको आवेदन स्वीकृत भएको छ ।
साथै प्रा.डा नन्दबहादुर सिंह, प्रा.डा विनयकुमार मिश्र, प्रा.डा भोलानाथ शर्मा घिमिरे, प्रा.डा मुकुन्दप्रकाश क्षेत्री, प्रा.डा यमबहादुर कार्की र प्रा.डा शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ ।
आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ ।
स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ ।
तत्कालीन उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...