
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा असन्तुष्टि जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रुपमा काम गरिसकेकाले आफूले गरेको कामको लेखा परीक्षण आफैँले गर्न नमिल्ने बताएको हो ।
संवैधानिक परिषदको १८ चैतमा बसेको बैठकले पूर्वअर्थसचिव रायालाई महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेको थियो ।
टीआईकी अध्यक्ष पद्मिनी प्रधानांगले विश्वका विभिन्न मुलुकका सर्वोच्च लेखापरीक्षण निकायको अन्तर्राष्ट्रिय संगठन (ईण्टोसाई) बाट जारी आचारसंहितामा लेखापरीक्षकको नियुक्ति गर्दा यसको स्वतन्त्रता र वस्तुनिष्ठता कायम हुन्छ वा हुँदैन भन्ने पक्षलाई ध्यान दिने गरिएको बताएकी छन् ।
‘लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षकले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउन सक्ने अवस्थाहरु, जस्तै आफूले गरेको काम आफैँले परीक्षण गर्ने जोखिमहरु रहे नरहेको विचार गर्नुपर्ने मान्यता र अभ्यास रहेको छ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘यस्तो जोखिम कायम रहेको अवस्थामा लेखापरीक्षणको नतिजा विश्वसनीय नहुने सम्भावना हुन्छ ।’
रायाको हकमा आफ्नै काम कारवाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैँले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने टीआईले बताएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...