
काठमाडौं । ताइवानमा उद्धारकर्मीले देशमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको एक दिनपछि फसेका १०० भन्दा बढी व्यक्तिको खोजी गरिरहेका छन् ।
बिहीबार बिहानसम्म अधिकारीहरूले भूकम्पमा परी मृतकको संख्या नौ रहेको बताएका छन् । एक हजार ५० जना घाइते छन् । १०१ जना अझै विभिन्न भवनहरूमा फसेका छन् ।
स्वास्थ्य तथा कल्याण मन्त्रालयलाई उद्धृत गर्दै राष्ट्रिय दमकल एजेन्सीका अनुसार, करिब ४६ जना बेपत्ता वा सम्पर्कविहीन छन् ।
व्यावसायिक सिभिल इन्जिनियर्स एसोसिएसनका लिन चिह–चेङका अनुसार, हुआलियनमा खोजी र उद्धारकार्य जारी छ ।
१०० भवनलाई जोखिमपूर्ण वर्गीकरण गरिएको र धेरै भत्काउनुपर्ने उनले बताएको सीएनएनले जनाएको छ ।
बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
स्थानीय समयानुसार बिहान ७ बजेर ५८ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा ३४.८ किलोमिटर गहिराइमा थियो।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...