
काठमाडौं । यस वर्षको माघमा केही सुस्ताएको रेमिट्यान्स फागुनमा पुनः लयमा फर्किएको देखिएको छ ।
फागुन २०८० मा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो चालु आर्थिक वर्ष (आव) २०८०/८१ को औसतः मासिक विप्रेषण आप्रवाहको हाराहारी हो ।
तर, माघमा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना (साउन–फागुन)मा भने कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यस अनुसार यो वर्ष मासिक औसतः १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यस वर्ष फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो ।
अमेरिकी डलरमा विप्रषण आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १४.८ प्रतिशतले बढेको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...