
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयता कमजोर भएको छ ।
लगातार खराब प्रदर्शन गरिरहेको नेपाल वरीयतामा तीन स्थान तल झरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ७८ औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १ सय ७५ स्थानमा थियो । फिफा विश्वकप छनोटमा खराब प्रदर्शनलाई जारी राख्दा नेपालको वरीयता घटुवामा परेको हो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहँदा भारत सबैभन्दा माथि १ सय २१ औं स्थानमा छ । तर भारत पनि चार स्थान तल झरेको छ ।
मालदिभ्स १ सय ६१, बंगलादेश १ सय ८४, भुटान १ सय ८५,पाकिस्तान १ सय ९५ र श्रीलङ्का २ सय चार स्थानमा छ ।
वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना(Argentina) र दोस्रो स्थानमा फ्रान्स यथावत् छन् । इङ्ल्यान्ड(Argentina)लाई उछिन्दै बेल्जियम तेस्रो स्थानमा आइपुगेको छ ।
पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा र ब्राजिल छैटौँ स्थानमा छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...