
सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधादेश जारी गरेको छ ।
मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए ।
बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधादेश जारी गरिएको हो ।
घटनामा स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कुनै पनि सामूहिक रुपमा गरिने कार्य नगर्न निषेध गरिएको फुयलले जानकारी दिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...