
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले राहत, अनुदान र करारका शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदा गर्नुपर्ने बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेकी हुन् ।
उनले सम्पूर्ण विद्यालयमा कार्यरत राहत, उच्च मावि अनुदान, करार, विशेष, प्राविधिक धार शिक्षण सिकाइ अनुदानतर्फका शिक्षकलाई एकपटकलाई आन्तरिक प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिइन् ।
परीक्षामा सफल हुने सबैलाई स्थायी र नहुनेलाई प्याकेजसहित बिदा गर्नुपर्ने उनको धारणा छ ।
“यी वर्गका शिक्षकलाई पहिला एकैपटक हटाउने भन्ने पनि थियो । यस्तो नगरेर एकचोटि उनीहरुलाई मौका दिनुपर्छ,” सांसद शर्माले भनिन् ।
अर्का संशोधनकर्ता सांसद स्वराज अहमद फारुकीले मदरसा शिक्षामा उत्तीर्णको अहिलेसम्म मान्यता नभएको भन्दै विधेयकमा त्यसको व्यवस्था गर्नुपर्ने माग गरे ।
विद्यालय शिक्षासम्बन्धी नीति, कानुन, योजना, व्यवस्थापन, अनुगमन, समायोजनका निम्ति प्राज्ञिक तथा नीतिगत सुझाव प्रदान गर्न स्वायत्त शिक्षा अधिकार आयोग गठन गर्ने व्यवस्था ऐनमा समेट्नुपर्ने फारुकीको प्रस्ताव छ ।
विद्यालय शिक्षा विधेयकलाई ऐनको रुप दिन समितिमा निरन्तर दफावार छलफल जारी छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...