एमाले नेता महेश बस्नेतबिरुद्ध वलात्कार र भ्रुणहत्याको आरोप लगाउँदै जाहेरी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले नेता महेश बस्नेतबिरुद्ध वलात्कार र भ्रुणहत्याको आरोप लगाउँदै जाहेरी

 

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध ३१ वर्षिया एक युवतीले वलात्कार भु्रणहत्याको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्।

बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। प्रहरीले एमाले नेता बस्नेतका विरुद्धको उजुरी लिन इन्कार गरेपछि ती महिलाले हुलाकमार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो।

जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ। पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एमाले संगठनमै रहेका ३१ वर्षीय ति युवतीले बस्नेतलाई भु्रण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जाहेरी दर्ता गराएकी हुन्। पीडितको जाहेरी दर्ता भएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन्।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्।

पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ।

उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको छ। औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितको छ आरोप छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २५, १८: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २५, १८: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २५, १८: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...