रेक्टर र रजिष्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै प्रदर्शन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रेक्टर र रजिष्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै प्रदर्शन

बुटवल । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ ।

अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाइमा बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म प्रदर्शन भएको हो ।

सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोण सभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।

उनले आफ्नो संगठनले त्रिविमा भइरहेको राजनीतिक भागबन्डा र हस्तक्षेपविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ ।

उपकुलपति बरालले भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गर्दै आएका छन् । उनले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २६, १४: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २६, १४: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २६, १४: ०२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...