कर्णालीमा सरकार गठनको आज अन्तिम दिन,कँडेलले मुख्यमन्त्रीमा दाबी गर्दै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कर्णालीमा सरकार गठनको आज अन्तिम दिन,कँडेलले मुख्यमन्त्रीमा दाबी गर्दै

सुर्खेत । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

उनले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चैत २१ गते राजीनामा दिएका थिए ।

उनको राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कँडेलले आज प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दैछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । नयाँ सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ सिट रहेकाले सहज बहुमत पुग्छ ।

यसैगरी नेपाली कांग्रेसका १४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २७, १०: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २७, १०: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २७, १०: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...