
काठमाडौं । भारतमा भएको सवारी दुर्घटना सात नेपालीको मृत्यु भएको छ ।
उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा नेपालीमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।
गाडीमा नौ जना नेपाली सवार थिए, उनीहरु सबै कञ्चनपुरको महेन्द्रनगरका थिए । उनीहरु घर फर्किदैँ गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक राजेन्द्र कुमार बेतालघाटका हुन् ।
गाडी १५० फिट गहिरो खाडलमा खसेको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...