
काठमाडौं। प्रतिनिधि सभाको बैठक चैत २८ गते मंगलबार ११ बजे मात्र बस्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आज मंगलबार विहान बसेको बैठक अबरुद्ध गरेको थियो।
सरकार संसदीय छानबिन समिति गठन गर्न सहमत नभएसम्म सदन चल्न नदिने नेपाली काग्रेसको अडानपछि सभामुख देबराज घिमिरेले आजै १५ मिनेटको लागि सदनको कारबाही १५ मिनेटपछि बस्ने गरी स्थगित गरेका थिए।
अबरुद्ध सदन सुचारु गर्न सभामुख घिमिरले आफ्नो कार्यकक्षमा बोलाएको कार्यव्यवस्था समिति बैठकमा संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसहित छलफल गर्दा समेत सदनको अबरोध खुल्ने अवस्था नदेखिएपछि बैठक संसदका महासचिवले सूचना टाँसेर भोली बुधबार ११ बजेसम्मका लागि स्थगित गरेका थिए।
कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कारबाही अघि बढाउन नदिने निष्कर्षमा पुगेको थियो।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...