संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निष्कर्षमा कांग्रेस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सहकारी पीडितको पक्षमा लाग्ने कांग्रेसको निष्कर्षपछि सरकार धर्मसंकटमा

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निष्कर्षमा कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री रबी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने निष्कर्षमा पुगेको छ।

कांग्रेस सभापति समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बिहान संसद भवन नयाँ वानेश्वरको ल्होत्से कक्षमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकमा देउवाले उपप्रधानमन्त्री रवी लामिछानेमाथि लागेको आरोपका विषयमा संसदीय छानबिन समिति गठन हुनै पर्ने भन्दै लामिछानेविरूद्ध धेरै प्रमाण भएको र लाखौं ठगिएका हुनाले उनीहरुलाई न्याय दिन पनि कांग्रेस लाग्नु पर्ने बताए।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा एक महिनादेखि प्रश्न उठाई रहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ। तर, सरकार त्यसको लागि तयार छैन।

लामिछानेविरूद्ध आएका प्रमाणहरू छानबिनका लागि पर्याप्त भएको भन्दै सभापति देउवाले भने, ‘ठगिएका लाखौँलाई न्याय दिन कांग्रेस लाग्नुपर्छ गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने हो।’

बैठकमा महामन्त्री गगन थापाले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषय पार्टीले उठाउनुको आधार प्रस्तुत गरेका थिए। ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्रीबारे प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएपछि यो विषय निरन्तर उठाइरहेको हो। संसदीय छानबिन समिति गठन नभएसम्म रोकिँदैन। प्रधानमन्त्रीले जवाफ दिइसकेपछि अरूसँग जवाफ मागिराख्ने कुरा भएन,’ थापाको भनाइ थियो।

राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारी ठगीको विषयमा पार्टी एकताबद्ध भएर लाग्नुपर्ने बताए। ‘सहकारी ठगीको विषय उठाउँदा कांग्रेसमाथि आक्रमण भएको छ। त्यसमा रविका मान्छे मात्र होइन एमालेका मान्छेले पनि कांग्रेसमाथि आक्रमण गरिरहेका छन्’, सिटौलाले भने, ‘हामी यसमा एकताबद्ध भएर लाग्नुपर्छ।’

बैठकमा सांसद प्रदीप पौडेल र दिलेन्द्र बडूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भूमिकामाथि प्रश्न उठाउँदै सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई समितिमा प्रस्टीकरण दिने मौका किन दिएको भन्दै प्रश्न गरेका थिए।

जवाफमा खतिवडाले सीआईबीले सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको पत्र काटेकोबारे गृह सचिव र प्रहरी महानिरीक्षकलाई समितिमा आमन्त्रण गरेको भन्दै समितिको पदेन सदस्य भएको नाताले सम्पर्क गरेर आउँछु भनेपछि आफ्नो भनाई राखेको बताएका थिए।

बैठकमा चन्द्र भण्डारी, श्याम घिमिरे, रामकृष्ण यादव, नगिना यादव, वीरबहादुर बलायर, सीता राना, ईश्वरी न्यौपाने, सीता मिजारले पनि धारणा राखेका थिए । दलको बैठक गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषयमा केन्द्रित थियो।

गृहमन्त्री लामिछानेसँग जोडिएको विषय कार्यसूचीमा नआए पनि संसद् चल्न नदिने निष्कर्षमा संसदीय दलको बैठक पुगेको थियो।

बैठकमा संसदीय दलका प्रमुख सचेतक लेखकले संसदीय समितिमा प्रभावकारी ढङ्गले कुरा राख्न निर्देशन दिएका थिए । सांसद कुनै विषयमा जानकारी लिन चाहेमा विषय विज्ञहरू संसदीय दलले नै उपलब्ध गराउने लेखकले बताए।

दलको बैठकले लाखौं वचतकर्ताले सहकारीमा जम्मा गरेको अरबौं रकम दुरुपयोग, अपचलन, हिनामिना र ठगी भई लाखौं नागरिक पिडित भएको र जीवनको सम्पूर्ण आर्जन सहकारीबाट ठगी भई विचल्लीमा परेका आमनागरिकहरुको दयनीय अवस्था समेत देखिएको निष्कर्ष निकालेको छ।

कांग्रेसले सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारका मन्त्रीसमेत संलग्न रहेको तथ्य र घटनाहरु सार्वजनिक भई सकेको र उपप्रधानमन्त्री लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको विषय कांग्रेसले सदनमा उठाइ रहेको जनाउँदै सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २७, १५: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २७, १५: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २७, १५: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...