धितोपत्र बोर्ड अध्यक्षका पाँच प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धितोपत्र बोर्ड अध्यक्षका पाँच प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धी पाँच जनाले आगामी बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।

अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती पाँच जनालाई बोलाएको छ ।

सर्टलिस्टमा परेका पाँचको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम छनोट समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ ।

मन्त्रिपरिषद्‍मा सिफारिस भएका तीनमध्ये एक जनालाई अध्यक्ष नियुक्त गरिने छ ।

कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ ।

तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २७, १५: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २७, १५: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २७, १५: ५७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...