सहकारी ठगीको छानबिन गरौं, रास्वपाको प्रस्ताव पनि कांग्रेसलाई स्वीकार्य छः महामन्त्री शर्मा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सहकारी ठगीको छानबिन गरौं, रास्वपाको प्रस्ताव पनि कांग्रेसलाई स्वीकार्य छः महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीका घटनाको छानबिन गर्न र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माग बमोजिम २०४७ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि छानविन गर्न पनि कांग्रेस तयार रहेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै महामन्त्री शर्माले त्यसको लागि के सरकार तयार हो ? भनी प्रश्न समेत गरेका छन्। एक्समा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले यस्तो माग गरेका हुन्।

सम्माननिय @PM_nepal_ लाईलाई सार्वजनिक अपील! ‘विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समितिझको माग रास्वपाले अहिले जो अघि सारेको छ,यो उपयुक्त छ। गठन गरौं’ महामन्त्री शर्माले लेखेका छन्, सहकारी ठगिबारे संसदीय छानबिन समितिझ गठन गरौं !’

कांग्रेसले संसदमा लगातार सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै आएको छ। आज प्रतिनिधिसभामा कांग्रेसले सोही माग गर्दै संसद अवरोध गरेको थियो ।

सो क्रममा लामिछानेको बचाउमा रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले ०४७ यताको छानविन गर्न माग गरेपछि कांग्रेसले त्यसमा तयार रहेको सन्देश दिएको हो। अब के रास्वपा र सरकार सहकारी ठगमाथि छानविन गर्न संसदीय समिति बनाउन सरकार तयार होेला ? चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २७, १९: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २७, १९: १९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २७, १९: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...