
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पदमा बसेका जोसुकैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।
पशुपति मित्र मावि चाबहिलको हिरक महोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पार्टीको नेतृत्वमा बसेका, पूर्वप्रधानमन्त्री तथा आफू जस्ता मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।
उनले भने, “जति पनि ठूलठूला काण्ड प्रकरणहरू नेपालमा भए त्यो सबै कुराको छानबिन गरौँ । जिम्मेवार मानिसहरूलाई दण्ड पाउनुपर्छ भन्ने डर सिर्जना गरोस् ।”
उनले नागरिकहरूलाई राज्यप्रति भर सिर्जना गर्न र गलत गर्नेलाई डर सिर्जना गर्न पनि यो अपरिहार्य भएको बताए ।
कांग्रेस होस् ,माओवादी होस्, एमाले होस्, नयाँ होस् पुरानो होस्, प्रधानमन्त्री होस् भूतपूर्व होस् वा हुनेवाला होस् ! जो-जो जतिसुकै शक्तिशाली होस् । गलत गर्नेलाई कारबाही गर्नुपर्छ ।”
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...