
काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछाने गृहमन्त्री भउपछि सूर्यदर्शन सहकारी ठगी घटनाको अनुसन्धान रोकिएको जनाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर वोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सूर्योदय सहकारीको गठी प्रकरणमा छानबिन गर्न प्रदीप क्षेत्री र रबी घिमिरेलाई पोखरा पठाएर छानबिन भइहरेको बेला रबी लामिछाने गृहमन्त्री हुनासाथ अनुसन्धान रोकिएको दाबी गरे।
‘सिआईबीले अनुसन्धान गरी तयार गरिएको प्रतिवेदनलाई लामिछाने गृहमन्त्री भएपछि संशोधन गरियो’, खतिवडाले भने, ‘भैरहवा, वुटवल, चितवन, पोखरा र काठमाडौंका सहकारीबाट एक अर्ब वढी रुपैयाँ गोरखा मिडिया प्रालिले अपचलन गरेको भेटिएको छ। जुन कम्पनीको प्रवन्ध निर्देशक रबी लामिछने हुन्।’
सांसद खतिवडाले भने, ‘रबी लामिछानेले सहकारीबाट लिएको रकम फिर्ता गर्नु पर्दैन भनेर कुनै अदालतले फैसला गरेको छैन होला? त्यसो भए सहकारीको रकम ठगी गर्नेमाथि कारबाही हुन्छ कि हुँदैन?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको अध्यक्षको रुपमा सदनमा जवाफ दिँदै सहकारी ठगीमा संलग्नलाई जोगाउने गरी अभिव्यक्ति दिएको खतिवडाको आरोप थियो।
पोखराको सूर्योदय सहकारीका पीडितहरु सहकारी विभाग र नेपाल प्रहरीमा रबी लामिछाने लगायतले रकम गठी गरेको भन्दै उजुरी दिए पनि कतैबाट पनि छानबिन नभएपछि झन पीठडामा रहेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...