
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले विगतमा जसको पक्षमा काँध थापें आज उसैले आफूाई कुट्न प्रहरी नायव उपरिक्षक (डीएसपी) पठाएको भन्दै गृहमन्त्री रबी लामिछानेप्रति रोष प्रकट गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर वोल्दै उनले छ वर्षअघि न्युज २४ टेलिभिजनको कार्यक्रम प्रस्तोता रबी लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लैजाँदा आफूले साथ दिएको तर अहिले उनै लामिछानेले आफूलाई कुट्न डीएसपी नै खटाएको आरोप लगाए।
‘मान्छे सकिने वेलामा आफ्नो घरमा आफै आगो लगाए झैं हिँजो काँध थाप्नेलाई कुट्न प्रहरी पठाउनु भयो’, शाहीले भने, ‘गृहमन्त्रीजी तपाइँ अमेरिका बसेर अमेरिकी नागरिक समेत भएको व्यक्ति त्यहाँ त ह्वाईट हाउसअघि पनि शान्तिपूर्ण प्रदर्शन गर्न पाईन्छ तर संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदेर्शन गर्न रोक लगाइयो।’
राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले भने, ‘यो देशमा संविधानभन्दा गृहमन्त्रीको आदेश कसरी माथि भयो? शान्तिपूर्ण आन्दोलन गर्न किन रोक लगाइयो, निषेधाज्ञाको नाममा भोली निषेधाज्ञा कहाँ लगाउने भन्ने थाहा छ कि छैन? भोली बाथरुममा पनि निषेधाज्ञा लगाउने हो?’
उनलृे माईतिघर मण्डला, भद्रकाली मन्दिर क्षेत्रमा समेत निषेधाज्ञा लगाएकोमा आपत्ति जनाए। हिँजो रबीलाई थुन्नुपर्छ भन्ने व्यक्ति रास्वपामा रहेको दाबी गर्दै शाहीले जनताको आवाज बन्द गर्ने कार्य नगर्न गृहमन्त्री लामिछानेलाई चेतावनी दिए।
सत्तारुढ दल माओबादीप्रति लक्षित गर्दै सांसद शाहीले भने ‘हामी आफ्ना माग पुरा गराउन शिक्षकलाई कक्षा कोठामा थुनेर मार्ने, गुड्दै गरेको वसलाई बम हानेर मान्छे मार्ने र राष्ट्रसेवक सुरक्षाकर्मीलाई बम हानेर मार्ने पार्टीका कार्यकर्ता होइनों, राप्रपा प्रजातन्त्रमा विश्वास गर्ने पार्टीलाई बम हानेर मान्छे मार्ने पार्टीका सांसदले सिकाइरहनु पर्दैन।’
निर्मला पन्तको हत्यारा २४ घण्टा भित्र पत्ता लगाउँछु भन्ने लामिछाने गृहमन्त्री भएको ३४ दिनमा समेत कुनै दोषी प्रक्राउ गर्न नसकेको भन्दै हिम्मत भए २०४७ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पति छानबिन गर्न घोषणा मात्र होइन कार्य नै थालनी गर्न चेतावनी दिए। उनले सहकारी ठगी प्रकरणको तत्काल छानबिन गर्न माग गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...