खैरो हेरोइन सप्लाई आरोपमा एक वृद्धसहित १० जना पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खैरो हेरोइन सप्लाई आरोपमा एक वृद्धसहित १० जना पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको छ ।

७२ वर्षीय मेहता काठमाडौंलाई केन्द्रमा बनाएर लागु औषध खैरो हेरोइन कारोबार गर्ने मुख्य व्यक्ति रहेको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीसँग लागु औषध किन्दै गरेको अवस्थमा बुढानिलकण्ठका ३६ वर्षीय विकास कार्की समेत पक्राउ परेका थिए । उनीहरुबाट ७२ ग्राम खैरो हेराइन बरामद भएको थियो ।

ब्यूरोको टोलीले १९ चैतमा काठमाडौं महानगरपालिका–१६ बाट मोरङको उर्लाबारी नगरपालिका–३ का ३४ वर्षीय नवीन धिताललाई १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

२१ चैतमा भारतीय नागरिक विकास कुमारलाई १५ गा्रम ५०० मिलिग्राम खैरो हेरोइनसहित ब्यूरोले पक्राउ गरेको थियो ।

त्यसैगरी चाबहिलबाट धरानका २६ वर्षीय सञ्जय लिम्बू र मोरङका विकास मण्डल २४ ग्राम ८५० मिलिग्रामसहित खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

भारत सितामणका २६ वर्षीय धिरज कुमार, सिरहाको मिचैर्याका धिरजकुमार साह, सिरहाकै २५ वर्षीइ सुरेश तामाङ र रामेछापका २५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका सबैविरुद्ध लागु औषध सम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २८, १४: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २८, १४: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २८, १४: १०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...