
काठमाडौं। सत्तारुढ जनता समाजबादी पार्टीका सांसद प्रदीप यादवले सरकारले आगामी वैशाखमा नेपालमा आयोजना गर्ने भनिएको अन्तराष्ट्रिय लगानी सम्मेलन नक्कली लगानीकर्ता भित्र्याउनको लागि गर्न लागिएको हो कि भनेर प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको आकश्मिक समयमा वोल्दै सांसद यादव भने, ‘विद्यमान कानून र ऐनहरु परिवर्तन नगरी आयोजना गरिएको लगानी सम्मेलन सफल हँदैन।
पूर्वमन्त्री यादवले भने, ‘कहीँ यो लगानी सम्मेलन नक्कली लगानीकर्ता भित्र्याउन र गोरेलाई ल्याएर फोटो खिचेर नेपाली जनताको आँखामा छारो हाल्ने का गर्नु हुँदैन। ’
एक अर्को प्रसंगमा सांसद यादवले २०४७ सालमा चप्पल लगाएर काठमाडौं छिरेका सांसदको अहिले चार–पाँचवटा सवारी साधन र चार –पाँच वटा घरहरु कहाँबाट आए भनेर छानबिन गर्न जरुरी छ भन्दै अकुत सम्पतिको छानबिन राजनीतिज्ञदेखि कर्मचारीको पनि गर्नु पर्नेमा जोड दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...