
धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने भएसँगै नेतृत्व गर्नेको नाम छनोट गरेको छ।
संघीय सरकारमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमतिअनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्वमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने भएका छन्।
सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद छन्। ७ सांसद रहेकोमा अध्यक्ष श्रेष्ठले आफ्नो निर्देशन नमानेको भन्दै सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएकी हुन्। प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ। ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ र विपक्षमा ४ सांसद मात्र छन्।
पार्टी केन्द्रमा भएको सहमतिअनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ। अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन्। यो विषय पनि विवादमा छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत आवश्यक पर्छ।
हालको सत्ता समिकरणसँग माओवादीका १०, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन्। त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन्।
माओबादीबाट निर्वाचित प्रदेश सभा सदस्य सभामुख भएकाले उनले पक्ष वा विपक्षमा मतदान गर्न मिल्दैन । स्वतन्त्र सांसद कांग्रेसमा प्रवेश गरिसकेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...