धनगढीका सामुदायिक विद्यालयको कक्षा आठको नतिजामा सुधार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धनगढीका सामुदायिक विद्यालयको कक्षा आठको नतिजामा सुधार

धनगढी । यस वर्ष धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालय कक्षा आठको  नतिजामा गत वर्षको तुलनामा सकारात्मक देखिएको छ।

यो वर्ष कक्षा आठको सामुदायिक विद्यालयको नतिजा ३१ प्रतिशत रहेको उपमहानगरले जनाएको छ। गत वर्ष धनगढीका सामुदायिक विद्यालयको  कक्षा आठको नतिजा ९ प्रतिशत मात्र थियो।

सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको उपमहानगरले जनाएको छ। गत वर्ष १७ वटा सामुदायिक विद्यालयको आठ कक्षाको नतिजा शून्य आएकोमा यो वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य छैन।

शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए। यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका तीन हजार पाँच सय २४ विद्यार्थीले कक्षा आठको वार्षिक परीक्षा दिएका थिए।

परीक्षामा सम्मिलित भएकामध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका खातीले जानकारी दिए।

‘गत वर्ष ९.४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थीले कक्षा नौ मा भर्ना हुन आवश्यक ग्रेड हासिल गरेका छन्।

गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ,’ शिक्षामा महाशाखा प्रमुखसमेत रहेका खातीले भने।

गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो।

यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मिहिनेत गरेकाले नतिजामा सुधार आएको खातीले बताए।

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमसमेत लागू गरेको छ। यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालन गरेर समेत सामुदायिक विद्यालयहरूले पठनपाठन गराइरहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ३०, १३: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ३०, १३: २२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ३०, १३: २२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...