
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन आइतबार मध्य रातिदेखि अन्त्य हुने जानकारी गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले सो जानकारी गराएका हुन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै उनले विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराए ।
यो हिउँदे अधिवेसन गत माघ २२ गते देखि शुरु भएको थियो । ७० दिन चालु रहेको यो अधिवेसन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको थियो । यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...