
काठमाडौं। सर्लाही क्षेत्र नं. १ का पूर्वसांसद प्रमोद साहमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको छ।
आक्रमणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ भने वाँकी चार जना फरार भएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख आइतबार राति २ लालबन्दी नजिकै आक्रमण भएको हो। उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।
सांसद साहमाथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई गिरफ्तार गरेको छ।
लालबन्दीका स्थानीय वासिन्दा राजेन्द्र महतोले खेतमा पानी पटाएर फर्कदै गर्दा मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेर विवाद गरेका थिए। आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन्।
दुवै पक्षबीच विवाद बढेपछि झगडा हुँदा पूर्वसांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन्।
सांसद साहको सुरुमा बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भएको थियो । हेल्थ केयरले उनलाई काठमाडौँमा रिफर गरेको छ। आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...