
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेकपा एकीकृत समाजबादीलाई दक्षिणपन्थी र अवसरवादी भन्दै आलोचना गरेका छन्।
नेकपा एमाले संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठन प्रक्रियामा नेकपा एकीकृत समाजबादीले कांग्रेस गठबन्धनलाई साथ दिएको भन्दै चर्को आलोचना गरेका हुन्।
उनले नेकपा एकीकृत समाजबादीको त्यस्तो निर्णयलाई अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको टिप्पणी गरे।
‘आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको’ ओलीले दाबी गरे।
उनले भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो।’
आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...