झापामा मकैको बोटसहित बिक्री हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

झापामा मकैको बोटसहित बिक्री हुँदै

झापा । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले गाईको आहाराका लागि ग्रामीण क्षेत्रका किसानको खेतबारीबाट बोटसहितको मकै खरिद गरेका छन् । भर्खर घोगा लाग्ने बेला भएको मकै बोटसहित बिक्री गर्न पाउँदा किसान पनि खुशी छन् ।

बोटसहित मकै बिक्री भएपछि भाँच्नु, नंग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनालको भनाइ छ । उनले यसपालि पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी साढे चार रुपैयाँका दरले ११ हजार केजी खेतबाटै बिक्री गरे ।

मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र लागत पनि बढी पर्ने हुँदा हरियो मकै गाईको पौष्टिक आहारा (साइलेज) का लागि बोटैसँगै बिक्री गरिएको खनालले सुनाए । हरियो मकै बोटसँगै बिक्री हुन थालेपछि अब अर्को वर्ष खेती विस्तार गर्ने उनको तयारी छ ।

साइलेजमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताए ।

साइलेज खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेज एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ३, १६: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ बैशाख ३, १६: ४०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ३, १६: ४०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...