भारतीय सेनाका लेफ्टिनेन्ट जनरल डा. नायर एके सिंह नेपाल भ्रमण गरी फर्किए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल डा. नायर एके सिंह नेपाल भ्रमण गरी फर्किए

काठमाडौं । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल डा.प्रदीप चन्द्रन नायर एके सिंह एक साता लामो नेपाल भ्रमण गरी स्वदेश फर्किएका छन्।

गत चैत २६ गते सोमबार नेपाल आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरलाई नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल अमित कुमार शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपालको पाँच दिने भ्रमणका क्रममा नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय पोखरा र धरानको भ्रमण गर्नुका साथै काठमाडौं, पोखरा र धरानमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत ¥यालीलाई सम्बोधन गरेका थिए।

लेफ्टिनेन्ट जनगर नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्दै भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गरे।

काठमाडौंस्थित भारतीय दूतावासकाअनुसार नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताएका थिए।

सो अवसरमा नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

सो अवसरमा उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ३, १७: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ३, १७: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ३, १७: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...