
काठमाडौं । डलर अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ उत्पादन गर्ने कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने तयारीमा लागेको छ ।
चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय सेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो ।
आईपीओ जारी गर्ने विषय अहिले सुरुवाती चरणमा रहेको सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले बताएका छन् । उनका अनुसार यस वर्ष १५ प्रतिशत आम्दानी बढाउने लक्ष्य कम्पनीको छ ।
भारतमा पछिल्लो समय प्याकेजिङ गरिएका खाद्य सामग्री उत्पादन गर्ने कम्पनीहरुले आईपीओ जारी गर्ने क्रम चलेको छ । सीजीले अन्य साना प्रतिस्पर्धी कम्पनी खरिद गर्दै आईपीओ जारी गर्नेतर्फ अघि बढ्ने बताइएको छ ।
सन् १९८५ देखि नेपालमा उत्पादन सुरु भएको वाइवाइ चाउचाउको बजार हिस्सा भारतमा तेस्रो स्थानमा छ । भारतमा सीजी फुड्स इन्डियाका सातवटा प्लान्ट छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...