एक अर्कामा खोट लाउँदै फुट्ने तयारीमा नेकपा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

एक अर्कामा खोट लाउँदै फुट्ने तयारीमा नेकपा

ओलीले जेल हाल्न खोजेको प्रचण्ड र नेपालको दाबी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको घर झगडा एकले अर्कोको नेतृत्व स्वीकार गर्न नसक्नेसम्मको अवस्थामा पुगेपछि अन्ततः फुट्ने निश्चित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदबाट हटाउने योजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल लागेको भन्दै कुनै पनि हालतमा त्यस्तो योजना सफल हुन नदिने पक्षमा उभिएका छन् ।

उनले आफू नेतृत्वको सरकारले गरेको कमी कमजोरी र गल्तीको विषयमा कुनै तर्क नगरे पनि लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई समेटेर आफूले नयाँ नक्सा जारी गरेपछि भित्र राष्ट्र भारतको इसारामा आफूलाई पदबाट हटाउन खोजिएको तर्क गरेका छन् ।

उनले आफू पदबाट हटेमा कुनै पनि राष्ट्रवादी व्यक्ति सरकार सम्हाल्न नआउने भन्दै पदमा बसिरहने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको आफ्ना सहकर्मी र सहधर्मीलाई चिढ्याउने कार्यशैलीका कारण ओलीलाई हटाउन अधिकांस वरिष्ठ नेताहरु लागि परेका छन् ।

केही समयअघि सचिवालय बैठकमा कोभिड १९ को महामारी सकिएसँगै आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका ओलीले आफूले लिम्पियाधुरासहित भूमि समेटेर नक्सा सार्वजनिक गरेकाले आफूले राजिनामा दिएमा सो पदमा आफूजत्तिको कोही पनि राष्ट्रवादी व्यक्ति नभएको भन्दै हलुका तर्क अघि सारेका छन् ।

ओलीले पछिल्ला दिनमा आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट निकाल्न खोजेको र राष्ट्रपति विद्यादेवी भण्डारीका बिरुद्ध महाभियोग प्रस्ताव ल्याउन खोजिएको भन्दै त्यस्तो योजनालाई विफल पार्ने वताई सकेको छन् । प्रधानमन्त्री ओलीले घुमाउरो भाषामा आफूलाई दुवै पदबाट हटाउने योजना बनाएमा त्यसको प्रतिकार गर्ने चेतावनी असन्तुष्ट नेताहरु प्रचण्ड र नेपाललाई दिइसकेका छन् ।

पार्टी भित्रको आन्तरिक विवादको समाधान खोज्न शितलनिवास जाने प्रवृत्तिको अनुभव गरेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्री ओलीका हरेक निर्णय, कदम र सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका थिए ।

उनले पार्टीको आन्तरिक जीवनमा राष्ट्रतिले खेलेमा महाभियोग ल्याउने चेतावनी दिएका थिए । राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रचण्डले महाभियोग लगाउने चेतावनी दिएपछि ओलीले त्यस्तो कार्य सफल हुन नदिने भन्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुलाई समेत कित्ता स्पस्ट गर्न भनेका थिए ।

स्थायी कमिटिको बैठक चलिरहेको बेला मदन भण्डारी फाउण्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भएका प्रधानमन्त्री ओलीले आफूबिरुद्ध देशीविदेशी तत्वहरु र उनीहरुको उक्साहटमा पदबाट निकाल्ने षडयन्त्र भएको भन्दै कडा आलोचना गरेका थिए ।

एक सातादेखि जारी पार्टीको स्थायी समिति बैठकको एजेण्डा नै प्रधानमन्त्री ओलीले फाउण्डेसनको कार्याक्रममा व्यक्त गरेका अभियव्यक्तिलाई लिएर वाद विवाद भएपछि बैठक फेरि सोमबारसम्मको लागि स्थगित गरिएको छ ।

ओलीले मदन भण्डारी फाउण्डेसनमा दिएको अभिव्यक्तिबाट चिढिएका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजिनामा दिन भनेपछि स्थिति विवादित भएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएका ओलीले प्रतिनिधिसभाको बैठक समेत स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । त्यसअघि नै झापाकी एक महिलालाई नेकपा एमाले नामक राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्न लगाएको भन्दै स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीमाथि आरोप लगाइएको थियो ।

दुवै अध्यक्षबीच देखिएको विवाद समाधानका लागि दोश्रो तहका नेताहरुले गरेको प्रयास समेत निररर्थक हुने देखिन्छ । प्रधामन्त्री ओलीले समय आएपछि आफूले पदबाट राजिनामा दिने बताएपछि दुवै अध्यक्षलाई राखेर गरिएको विवाद समाधानको प्रयास पनि असफल भएको छ ।

प्रधानमन्त्री पदमा ओलीलाई राखेमा आफूहरुलाई समेत जेल हाल्ने भन्दै कुनै पनि हालतमा हटाउने अभियानमा असन्तुष्ट नेताहरु लागेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूहरुलाई माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापनमा भएको घोटाला र माओवादी विद्रोहको घटनामा युद्ध अपराधको अभियोगमा फसाउने षडयन्त्र वर्तमान सरकारले गरेको वताउँदै आएका छन् ।

मन्त्रिपरिषद् बैठकले वालुवाटार जग्गा प्रकरणमा आफूलाई समेत फसाउने गरी छानबिन समिति गठन गरिएको आरोप लगाउँदै आएका छन् । बालुवाटार जग्गा प्रकरणमा नेकपा नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल समेत तानिएका छन् ।

सरकारी जग्गा निजीलाई बेच्न अनुमति दने निर्णय तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । सो जग्गामा नेकपा महासचिव विष्णु पौडेलका छोराले पनि आठ आना जग्गा खरिद गरेका थिए । सोही अभियोग लागेका नेपाली कांग्रेसका उपाध्यक्ष विजयकुमार गच्छदारलाई भने बालुवाटार प्रकरणमा अख्तियारले मुद्धा दर्ता गरिसकेको छ ।

पार्टीलाई विभाजनबाट रोक्ने प्रयासमा लागेका दोश्रो तहका नेताहरुलाई अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता नेपालले यस्तै प्रकरणलाई देखाएर ओलीलाई कुनै पनि हालतमा हटाएर छाड्ने अभियानामा जुटेका छन् । ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउन प्रचण्ड र नेपालका अतिरिक्त सचिवालय सदस्य पूर्वप्रधानमन्त्री झलनाथा खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल लागेका छन्  ।

नौं सदस्यीय सचिवालय बैठकमा आफ्नो पक्षमा महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मात्र देखिएपछि ओलीले आफ्नो पक्षमा जनमत बनाउन स्थायी समिति बैठक बोलाएका थिए । तर, स्थायी कमिटी बैठकमा समेत अल्पमतमा परेका ओलीले स्वाथ्य संकटकालको घोषणा, लक डाउनमा कडाई, संसद भंग लगायतका योजना बनाएपछि असन्तुष्ट नेताहरु ओलीमाथि झन खनिएका हुन् । ४५ सदस्यीय स्थायी समितिमा समेत ओली अल्पमत अर्थात उनको पक्षमा मुस्किलले १४ जना मात्र सदस्य छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ असार २२, १२: ४१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ असार २२, १२: ४१

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ असार २२, १२: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...