
काठमाडौं। रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी प्रहरी बृत्त सिंहदरबारमा राखेको छ।
प्रदर्शनमा उत्रिएकाहरुले युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राखेका छन्।
उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...