
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १२ र १३ वैशाखमा उमेदवारहरुको अन्तरवार्ता हुने भएको छ ।
उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तरवार्ता हुने समय तालिका सार्वजनिक गरेको हो ।
उमेदवारहरुको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण २७, २८ र २९ चैतमा मन्त्रालयमा भएको थियो । त्यसअघि सिफारिस समितिले १८ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...