हिउँ चितुवा बढेसँगै दिगो व्यवस्थापनमा चुनौती – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हिउँ चितुवा बढेसँगै दिगो व्यवस्थापनमा चुनौती

सुर्खेत। डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च भएपछि खुसीसँगै चुनौती थपिएको छ ।

हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको संख्या चिनसँग सिमा जोडिएको डोल्पामा वर्षै पिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

हिउँ चितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा व्यवस्थापनको चिन्ता बढेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए ।

हिँउ चितुवाको संख्या बृद्धि भएसँगै मावन वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामुलक र राहतका कार्यक्रम प्रभावकारी ढङ्गबाट लागु गर्नुपर्ने संरक्षणकर्मीको समेत भनाइ रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ९, १६: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ९, १६: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ९, १६: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...