संसद् अधिवेशन अन्त्य गरेकोमा कांग्रेसको आपत्ति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

संसद् अधिवेशन अन्त्य गरेकोमा कांग्रेसको आपत्ति

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका जारी अधिवेशन एका एक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले असहमति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले असार १८ गते विज्ञप्ती जारी गर्दै अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रियालाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसिसी लगायतका महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद घटना भएको जनाएका छन् ।

प्रवक्ता शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श नगरी पूर्व सूचना नदिइ सत्तारूढ दलभित्रको विवाद र द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद र आपत्तिजनक भएको बताए ।

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी हुँदा समेत अधिवेशन हठात् अन्त्य गरेर सरकारले घोर उदासीनता प्रकट गरेको कांग्रेसको ठहर छ ।

जनताको जिवन प्रधान कि सत्ताको राजनीति ? भन्दै शर्माले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् । उनले संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ असार २३, १३: ५०

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ असार २३, १३: ५०

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ असार २३, १३: ५०

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...