
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड आइतबार बालुवाटार छिरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्नुअघि अध्यक्ष दाहालसहित पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । भेटलगत्तै बालुवाटार पुगेका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच आइतबार छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीको राजीनामा मागसँगै देखिएको नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड–नेपाल पक्ष भने पार्टी एकताको प्रयास भन्दै बालुवाटारको छलफलमा गएका थिए । त्यहाँ ओली र प्रचण्ड पक्षका तीन–तीन जना नेताहरु सहभागी भएका छन् ।
प्रचण्ड पक्षबाट ऊर्जामन्त्री समेत रहेका पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुन जनार्दन शर्मा सहभागी छन् । ओलीपक्षबाट भने महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेता शंकर पोखरेल छलफलमा छन् ।
यसअघि प्रचण्डले पार्टी फुटाउने काममा राष्ट्रपतिको संलग्नता नराख्न राष्ट्रपतिलाई सुझाव दिएका थिए । पार्टी एकतालाई जोगाउन आफूहरु लागि परेको बताउँदै राष्ट्रपतिसमक्ष उनीहरुले पार्टी एकतामा जोड दिएको दाबी गरेका छन् । नेकपा स्थायी कमिटिको बैठक सोमबारको लागि बोलाइएको छ ।
दुवै पक्षबीचको छलफलमा प्रचण्ड लाइनका वर्षमान र जनार्दनवाहेक वरिष्ठ नेता नेपाल र झलनाथ खनाललाई लगिएको छैन । उता ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भन्दा बढी विश्वास ५ नम्वर प्रदेशका मुख्य सचिव शंकर पोखरेललाई विश्वास र भर गरेको देखिन्छ ।
प्रधानमन्त्री ओलीको हरेक संकटको घडीमा शंकर पोखरेलको भूमिका निर्णायक हुने गरेको छ । शंकर पोखरेल र ओलीको ससुराली खलक शाक्यहरु भएकै कारण अन्य नेताको तुलनामा ओलीले पोखरेलमा भर परेर थप कदम चाल्ने गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र पोखरेले प्रधानमन्त्री ओलीको सचिवालयको अनुगमन, नियमन र समिक्षा समेत गर्ने गरेका छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...