
धनगढी। सत्तारुढ नेकपा एमालेका कैलाली जिल्ला सदस्य तथा एमालेको जनवर्गिय संगठन युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटी सचिव प्रकाश खड्कासहित १४ जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरले आइतबार साँझ एमाले नेता खड्कासहित टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर बिष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ पक्राउ गरेको हो। उनीहरुलाई सोमबार कारबाहीको लागि जिल्ला प्रशासन पेश गर्न लागिएको छ।
ईप्रका टीकापुरका प्रहरी नाउव उपरीक्षक विश्वराज अधिकारीले उनीबाट ताससहित २५ हजार रुपैयाँ बरामद गरिएको जानकारी दिए। जुवा ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...