सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । तर, न्यायाधीशले मुद्दालाई सुनवाइ गर्न नभ्याइनेमा राखे ।

८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको थियो । मुद्दाको अर्को पेसी आजै तोकिने छ । ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।

सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ । आउँदो जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा आइसिसी टी–२० विश्वकप क्रिकेट हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स रहेका छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

सन्दीपले खेल्नका लागि मुद्दा महिना दिनअघि टुङ्गिनुपर्ने छ । अहिले उनको मुद्दा लम्बिइरहेकाले उनले टी–२० खेल्न पाउने सम्भावना कम रहेको बताइन्छ ।

 

 

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८१ बैशाख १०, १७: १६

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८१ बैशाख १०, १७: १६

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८१ बैशाख १०, १७: १६

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...