
काठमाडौं। आमसंचारमाध्यममा आवद्ध संचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन काठमाडौंमा हुने भएको छ।
राजधानीमा उपलब्ध महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि महासंघको महाधिवेशन लुम्विनी प्रदेशको लुम्विनीमा गर्ने भनिएको थियो। महासंघको २६औं महाधिवेशन आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय भएको थियो।
महासंघले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला, प्रतिष्ठान तथा एसोसिएटको निर्वाचन भने महाधिवेशनपछि एकै दिन तोक्ने छ।
अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मे ३ तारिख अर्थात वैशाख २१ गते महाधिवेशन गर्ने मिति नजिकिँदै गरेकाले छिटो व्यवस्थापनका लागि उपत्याकामा नै सहज हुने सुझाव आएपछि महाधिवेशनस्थल परिवर्तन गरिएको सहभागी एक पदाधिकारीले नयाँ विकल्प डटकमलाई जनाए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...