
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल–थानीको नेपालको राजकीय भ्रमण दुई देशबीचको कुटनैतिक सम्बन्ध विस्तारका लागि कोषेढुंगे सावित हुने कतारका लागि नेपालका राजदूत डा.नरेश विक्रम ढकालले बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमण लागि हिजो नेपाल आएका कतारका राजा थानीको भ्रमण नेपाल र कतारबीचको सहकार्य, साझेदारी र दुईपक्षिय सम्बन्ध सुदृढ गर्नका लागि निकै महत्वपूर्ण रहेको राजदूत ढकालको भनाई छ।
राजदूत डा.ढकालले नयाँ विकल्प डटकमसँगकोे कुराकानीमा कतारका राजा थानीको ऐतिहासिक भ्रमणले नेपाल र कतारबीचको सम्बन्धलाई अझ बलियो बनाउन साझेदारी र सहकार्यको आधारशिलाले भविश्यमा थप मद्धत पुग्ने बताए।
उनले भने,‘दुई देशका नेताबीचको छलफल विकास, नवीनता, समृद्धि र त्यसलाई हासिल गर्ने साझा लक्ष्यमा केन्द्रित रहयो। भ्रमणमा व्यापार, लगानी, पर्यटन, भौतिक पूर्वाधार विकास, शिक्षा, विज्ञान तथा प्रविधि र संस्कृतिको क्षेत्रसँग सम्बन्धित समझदारीहरु भए।’
राजदूत ढकालले द्विपक्षीय सम्बन्ध विस्तार गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वैज्ञानिक अनुसन्धान, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रहरुमा आधारित रहेर समझदारी पत्रमा हस्ताक्षर भएको बताए।
उनले केही वर्षअघि नेपाल र कतारबीच भएका जनशक्तिको रोजगारी, हवाई सेवा, आर्थिक, वाणिज्य, प्रविधि सहयोग, दोहोरो कर खारेजी, मानवअधिकार, कुटनीतिक सरकारी राहदानीवाहकलाई भिषा प्राप्तिमा सहजता, सुरक्षा समन्वय, कृषि र खाद्य सुरक्षाका विषयका सहमति भएको स्मरण गरे।
राजदूत डा.ढकालले दुई दशकदेखि कतार नेपाली आप्रबासी कामदारको लागि लोकप्रीय गन्तब्य बनेको भन्दै नेपाली कामदारले कतारको पूर्वाधार निर्माण, कृषि, सेवालगायतका अन्य महत्वपूर्ण क्षेत्रमा गरेको योगदान स्मरणीय भएको बताए।
कतारले हालै आप्रवासी कामदारको अधिकार कार्यान्वयनमा ल्याउको भन्दै कतार भिषा सेन्टर स्थापना गरी संचालनमा ल्याएको र नेपाली कामदारलाई न्युनतम ज्यालामा विभेद नगरेको उनले स्पस्ट पारे।
राजदूत डा.ढकालले जलविद्युत, पर्यटन, कृषि र आईसीटीको क्षेत्रमा नेपालले बैदेशीक लगानीको खोजी गरिरहेको भन्दै त्यसकोलागि कतारी नागरिकले लागनाी गर्न सक्ने बताए।
कतारले नेपालको कृषि उत्पादन, अईसीटी, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, खानी र खानीजन्य उद्योगमा लगानी गर्न सक्ने भन्दै नेपालले यिनै क्षेत्रलाई प्रत्यक्ष वैदेशिक लगानीका लागि प्राथमिकतामा राखेको बताए।
नेपालले प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका क्षेत्रमा लागनीको अपेक्षा गरेको भन्दै धेरै कतारी नागरिकले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको बताए।
नेपालले कतारतर्फ खाद्य उत्पादन, कार्पेट, टेक्सटायल, छालाआदि निर्यात गर्छ भने कतारबाट प्लास्टिकजन्य सामग्री, सुनका गरगहना, विद्युतिय उपकरण र पाटपूर्जा तथा टेक्सटायल आयात गर्छ।
कतारका राजा थानी मंगलबार नेपाल आएर बुधबार स्वदेश फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपालको राजकीय भ्रमणका लागि आएका थानीको सम्मानमा मंगलबार साँझ राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका थिए।
बुधबार भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता भएको छ। भेटका क्रममा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।
दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा र उनको टोलीको सम्मानमा प्रधानमन्त्री दाहालद्धारा आयोजित दिवा भोजमा कतारी टोली सहभागी भएका थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...