
काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकामा धनन्जय नरसिंह के.सी कार्यवाहक सभापति नियुक्त भएका छन् ।
निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त भएपछि खाली रहेको सभापति पदमा बरिस्ठ उपाध्यक्ष केसी स्वतह सभापति नियुक्त भएका हुन ।
२०१४ को अधिवेशनको निर्वाचित विष्ट नेतृवको कार्य समितिको पधावदी समाप्त भैसकेको भएपनि अधिवेशन हुन नसक्दा नयाँ नेतृत्व आउन सकेको थिएन ।
जनसम्पर्क समितिका अधिकांश सदस्य तथा पदाधिकारी विचको भेलाले धनञ्जय नरसिंह केसीलाई सभापति नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद(१ (८) मा निकाय भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ भन्ने र धारा ५८ मा पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ भन्ने स्पष्ट उल्लेख छ ।
यसरी विधानमै उल्लेख गरिएको ब्यावस्थाका कारण रिक्त पदमा वरिष्ठ पदाधिकारी नियुक्त गर्दा पार्टीको निर्देशन समेत आवास्यक नपर्ने उल्लेख छ ।
सोहि विधानमा टेकेर बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह के सी कार्यबाहक सभापति नियुक्त गरिएको जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । विष्टको कार्यकाल १३आंै महाधिवेशनमा सकिए पनि अर्को अधिवेशन हुन सकेको थिएन ।
पार्टीको विधानमा पदावधि समाप्त भएकोले पार्टीले ६ महिनाको लागि सोहि टिमलाई म्याद थप गर्ने र सोहि अवधिमा अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
सो ६ महिनामा अधिवेशन गर्न नसके वा नयाँ कार्य समिति चयन नभएमा पनि पुरानो समिति स्वतह खारेज हुने ब्यावस्था गरिएको छ । विष्ट नेतृत्व समितिको पदावधि १३औं महाधिवेशन अघिनै समाप्त भएकोले बरिष्ठ उपसभापति धनञ्जय नरसिंह के सी र पूर्व संयोजक बिष्णु सुवेदीले थुप्रै भेला र बैठक गरे पश्चात् जुलाई १०, २०२० को भेलाले केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।
साथै अधिवेशन तयारी समिति बनाउनको लागि एक भर्चुअल भेलाको आयोजन गर्न ७ जना धनञ्जय नरसिंह के सी, ईश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको समिति समेत गठन गरेको छ । समितिले सबैलाई समेटेर भेला बोलाउने बताइएको छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...